Rastriya Bahas
2026 July 03, Friday
गृहपृष्ठ / खेलकुद / आठौँ उपमेयर छात्रा कप: भोलिदेखि सेमिफाइनलका खेल हुने

आठौँ उपमेयर छात्रा कप: भोलिदेखि सेमिफाइनलका खेल हुने

5 months, 1 week अगाडि | simran bishokarma
आठौँ उपमेयर छात्रा कप: भोलिदेखि सेमिफाइनलका खेल हुने

कोहलपुर (बाँके)

कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन तथा व्यवस्थापनमा जारी आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगितामा भोलि (शुक्रबार) सेमिफाइनलका खेलहरू हुने भएका छन्।


 

समूह चरण र क्वाटरफाइनलका खेलहरू सफलतापूर्वक सम्पन्न हुँदै प्रतियोगिताको सेमिफाइनल चरणमा बाल शिक्षा माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय र सगरमाथा माध्यमिक विद्यालय प्रवेश गरेका छन्।


 

खेल संयोजक मदन विकका अनुसार शुक्रबार फाइनल प्रवेशका लागि दुई वटा सेमिफाइनल खेल हुनेछन्।

उनका अनुसार पहिलो सेमिफाइनल खेल बिहान ९ बजे बाल शिक्षा माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालयबीच हुनेछ। त्यसैगरी दिउँसो १ बजे हुने दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन माध्यमिक विद्यालय र सगरमाथा माध्यमिक विद्यालय आमनेसामने हुनेछन्।


 

यसअघि बिहीबार सम्पन्न क्वाटरफाइनल अन्तर्गत दुई खेल भएका थिए। ती खेलमा बाल शिक्षा माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयले विजयी हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्।


 

पाँचौँ दिनको पहिलो क्वाटरफाइनल खेल बाल शिक्षा माध्यमिक विद्यालय र ग्रीनपिस सेकेण्डरी स्कुल चप्परगौडीबीच भएको थियो। उक्त खेलमा बाल शिक्षा माध्यमिक विद्यालय विजयी भएको खेल संयोजक विकले जानकारी दिए। अर्को क्वाटरफाइनल खेल त्रिभुवन माध्यमिक विद्यालय र पञ्चमुखी इङ्लिस मिडियम स्कुलबीच भएको थियो, जसमा त्रिभुवन माध्यमिक विद्यालयले १६ रनले जित हासिल गरेको थियो।


 

प्रतियोगिताका सबै खेलहरू कोहलपुर क्रिकेट मैदानमा सञ्चालन भइरहेका छन्।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement