Rastriya Bahas
2026 July 03, Friday
गृहपृष्ठ / समाचार / नागढुङ्गादेखि बसन्डोलसम्म रास्वपाको घरदैलो तथा प्रत्यक्ष संवाद कार्यक्रम सुरु

नागढुङ्गादेखि बसन्डोलसम्म रास्वपाको घरदैलो तथा प्रत्यक्ष संवाद कार्यक्रम सुरु

5 months अगाडि | Simran bishokarma
नागढुङ्गादेखि बसन्डोलसम्म रास्वपाको घरदैलो तथा प्रत्यक्ष संवाद कार्यक्रम सुरु

काठमाडौं —

मिति २०८२/१०/१५ गते बिहान ०८:१० बजेदेखि काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. २ अन्तर्गत नागढुङ्गा चोकदेखि विभिन्न स्थानहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा घरदैलो तथा उम्मेदवारसँग प्रत्यक्ष संवाद कार्यक्रम सुरु गरिएको छ।


 

कार्यक्रम मङ्किला चोक, थापाथोक, पिपलामोड, आदर्शटोल नेपालढुङ्गा तथा बसन्डोल क्षेत्रमा सञ्चालन गरिएको हो। चन्द्रागिरी नगरपालिका रास्वपाका नगर सभापति जनार्दन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप बिष्ट (काठमाडौं क्षेत्र नं. १०, घण्टी चुनाव चिन्ह) ले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।


 

करिब १५ देखि २० जनाको सहभागिता रहेको कार्यक्रममा उम्मेदवार बिष्टले पार्टीको एजेन्डा, आगामी योजनाबारे जानकारी गराउँदै स्थानीयवासीका गुनासा तथा सुझाव सुनेका थिए। घरदैलो कार्यक्रममार्फत रास्वपाले मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने उद्देश्य लिएको बताइएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement