Rastriya Bahas
2026 July 03, Friday
गृहपृष्ठ / समाचार / ललितपुरको महालक्ष्मी–९ मा नेकपा एमालेको वडा स्तरीय निर्वाचन परिचालन कमिटी घोषणा

ललितपुरको महालक्ष्मी–९ मा नेकपा एमालेको वडा स्तरीय निर्वाचन परिचालन कमिटी घोषणा

4 months, 4 weeks अगाडि | Simran bishokarma
ललितपुरको महालक्ष्मी–९ मा नेकपा एमालेको वडा स्तरीय निर्वाचन परिचालन कमिटी घोषणा

ललितपुर ।

 मिति २०८२ साल १० महिनाको २१ गते बिहान ०८:३० बजेदेखि ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ९ लामाटारमा नेकपा (एमाले) वडा स्तरीय निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम सुरु भएको छ।


 

नेकपा (एमाले) महालक्ष्मी नगरपालिका वडा नम्बर ९ कमिटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम महालक्ष्मी न.पा. वडा नम्बर ९ कमिटीका उपाध्यक्ष शैलेस पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा (एमाले) ललितपुर जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।


 

कार्यक्रममा केन्द्रीय सदस्य तथा ललितपुर–२ निर्वाचन परिचालन कमिटीका सह–संयोजक समिक बडाल, नेकपा (एमाले) ललितपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेमबहादुर महर्जन, महालक्ष्मी नगर कमिटी अध्यक्ष नकुल थापालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


 

करिब ३० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा निर्वाचनमा प्रभावकारी परिचालनको आवश्यकता बारे धारणा राख्नुभएको थियो।


 

कार्यक्रममार्फत वडा स्तरमै निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित निर्वाचन परिचालन कमिटी घोषणा गरिएको आयोजकले जनाएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement