Rastriya Bahas
2026 July 03, Friday
गृहपृष्ठ / समाचार / काभ्रेको महाभारत गाउँपालिकामा नेपाली कांग्रेसको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु

काभ्रेको महाभारत गाउँपालिकामा नेपाली कांग्रेसको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु

5 months अगाडि | Simran bishokarma
काभ्रेको महाभारत गाउँपालिकामा नेपाली कांग्रेसको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु

काभ्रेपलान्चोक ।

 मिति २०८२/१०/२० गते बिहान ०९:०० बजेबाट काभ्रेपलान्चोक जिल्ला महाभारत गाउँपालिका वडा नं २, गकुलेस्थित नेपाली कांग्रेस महाभारत गाउँ समितिको आयोजनामा आसन्न प्रतिनिधिसभा निर्वाचन केन्द्रित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सुरु भएको छ।


 

कार्यक्रममा नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ०१ का उम्मेदवार गुणराज मोक्तान, जिल्ला सभापति तिर्थ लामा, जिल्ला सदस्य बद्री नाथ खकुरेल, महाभारत गाउँ समिति सभापति सागर मोक्तान, चुनाव प्रचारप्रसार संयोजक निमा बल लगायत नेपाली कांग्रेसका स्थानीय नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो।


 

करिब २०–२५ जनाको उपस्थितिमा सुरु भएको उक्त कार्यक्रमअन्तर्गत स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, कार्यक्रम तथा उम्मेदवारका प्रतिबद्धताबारे जानकारी गराइएको आयोजकले जनाएको छ। घरदैलो कार्यक्रममार्फत जनताका समस्या, सुझाव र अपेक्षाहरू सुन्ने तथा त्यसको समाधानका लागि प्रतिबद्धता जनाउने उद्देश्य रहेको बताइएको छ।


 

नेपाली कांग्रेस महाभारत गाउँ समितिले निर्वाचन अवधिभर यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement