Rastriya Bahas
2026 July 03, Friday
गृहपृष्ठ / समाचार / दक्षिणकालीमा कांग्रेस चुनावी अभियान तीव्र, परिचालन मूल समिति गठन

दक्षिणकालीमा कांग्रेस चुनावी अभियान तीव्र, परिचालन मूल समिति गठन

4 months, 3 weeks अगाडि | Simran bishokarma

काठमाडौं ।

 नेपाली कांग्रेस दक्षिणकाली नगर कार्य समितिको आयोजनामा निर्वाचन केन्द्रित गतिविधि तीव्र पारिएको छ। मिति २०८२ साल माघ २४ गते बिहान ०८:५५ बजे दक्षिणकाली नगरपालिका–५ स्थित सरस्वती थान नजिक रहेको दक्षिणकाली पार्टी प्यालेसमा निर्वाचन परिचालन मूल समिति गठन तथा उम्मेदवारसँग क्रियाशील भेटघाट कार्यक्रम सुरु भएको हो।


 

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १० का उम्मेदवार हिमाल कार्की, क्षेत्र नम्बर १० निर्वाचन प्रचार–प्रसार समितिका संयोजक धर्मानन्द श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य राजेन्द्र केसी, नेपाली कांग्रेस दक्षिणकाली नगर कार्य समितिका सभापति मोहन बस्नेत, दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती तामाङ डंगोललगायतको उपस्थिति रहेको थियो।आयोजकका अनुसार कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, पार्टीका क्रियाशील सदस्य तथा समर्थक गरी करिब २५० जनाको उल्लेखनीय सहभागिता रहेको थियो।


 

भेटघाट कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, प्रभावकारी निर्वाचन परिचालन, मतदाता समन्वय तथा पार्टीको नीति र एजेन्डालाई जनस्तरसम्म पुर्‍याउने विषयमा छलफल गरिएको थियो। सहभागी नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर निर्वाचनमा सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।


 

नेपाली कांग्रेस दक्षिणकाली नगर कार्य समितिले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने जनाएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement